डेब्यू निर्देशक एकता पौडेलको ‘हर्ष’ फिल्मको शिवरात्रीको अवसर पारेर काठमाडौंको ठमेल स्थिति त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ । सिनेमामा खगेन्द्र लामिछाने तथा वर्षा राउतको प्रमुख भुमिका रहनेछ।
उनीहरु सँगै सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय रहनेछ । एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा सिनेमाहरु बनाएकी छन्।

फागुन १७ गते फ्लोरमा जाने सिनेमाले पारिवारिक सामाजिक कथा पस्किनेछ । सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । सिनेमालाई आलोक शुक्लाले खिच्नेछन् भने संगीत वसन्त सापकोटा तथा एलिश कार्कीको रहनेछ ।
यस्तै संपादकमा लोकेश बज्राचार्य छन् भने सुनिल क्षेत्रीले कोरियोग्राफी गर्नेछन् । फिल्म २०८२ सालमा रिलिज हुनेछ ।