चैत्र २३ मा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने चैत्र २३ मा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने

यही चैत्रको २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रा.लिको एकल आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको यो महोत्सवमा युवापुस्तामाझ लोकप्रिय ४ व्याण्डहरुले आफ्नो प्रस्तुति दिने आयोजकले बताएको छ ।

यो कार्यक्रममा प्रस्तुति दिन ४ व्याण्डमध्ये एक व्याण्ड भने फाइनल भइसकेको छ । युवापुस्तामाझ लोकप्रिय रहेको ‘जोन एण्ड द लोकल्स’ व्याण्डले आफ्नो प्रस्तुति दिने पक्का भएको छ । यो व्याण्डका गायक जोन चाम्लिङ राइको ‘हावा जस्तै, के गरौं, निहिती’ लगायतका गीतहरु चर्चित छन् । यस्तै, अन्य ३ व्याण्ड पनि केही दिनमै सार्वजनिक गरिने आयोजकले बताएको छ ।
यो कार्यक्रममा सहभागी हुनका लागि दर्शकले ६ सय, एक हजार र १२ सयको टिकट खरिद गर्न सक्नेछन् । साथै, टेबल बुक गर्न चाहनेले ३० हजारदेखि ६० हजारसम्मको टिकट खरिद गर्न सक्ने आयोजकले बताएको छ । खल्ती एपबाट दर्शकले टिकट काट्न सक्नेछन् ।

यस्तै, कार्यक्रममा सुविधासम्पन्न खानेकुराका लागि २० स्टल समेत राखिनेछ । आयोजकले यो कार्यक्रममा प्रवेश गर्ने दर्शकले सुविधा सम्पन्न र अत्याधुनिक प्रविधीबाट तयार पारिएको साउण्ड सिस्टमबाट संगीतको मज्जा लिन सक्ने बताएको छ ।
यो फेस्टले पाटनको स्थानीय पर्यटनलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ । आयोजकले यो कन्सर्टमा ८ देखि १० हजार दर्शक उपस्थित हुने विश्वास लिएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti