अभिनेत्री रेखा थापाले छोरी वैभवीको जन्मदिन गुम्बामा मनाएकी छन् । बौद्धस्थित शेरचन गुम्बामा रहेका दुई भिक्षुहरुलाई भोजन गराउँदै रेखाले बैभवीको पहिलो जन्मदिन सेलिव्रेट गरेकी हुन् ।

“प्यारी छोरी बैभबी राज्यलक्ष्मी, अमर ज्योति बन्नु, कालातित् प्रेरणा बन्नु, हौसला र बिरताको प्रतिक बन्नु, नझुक्ने न्याय र नबिक्ने इमान बन्नु । ब्रह्माण्डका हरेक चिजप्रती समभाव र सहअस्तित्वको भावना राख्ने सत्य, शिव र सुन्दरको लायक बन्नु । पहिलो बर्षको पहिलो शुभकामनामा मैले तिमीलाई जननीको रुपमा यि आशिर्वाद दिएकी छु । तिम्रो आगमनले मेरो जीवनमा ल्याएका हरेक पूर्णताको र बैभवको कुनै तुलना छैन । ह्याप्पी वर्थ डे टु यु”, हिम्मतवाली रेखाले आफ्नो पहिलो सन्तानको जन्मदिनमा सामाजिक सञ्जालमा तस्बिर सहित सेयर गरेकी छन् ।
तस्बिरमा रेखा, छोरी वैभवी र श्रीमान बलराम खुसी देखिन्छन् । वैभवीको जन्म एक साल अगाडी अमेरिकामा भएको हो ।