अभिनेता दीलिप रायमाझीलाई पितृ शोक परेको छ । दिलिपका पिता आनन्द कुमार रायमाझीको शनिबार राति किर्तिपुर अस्पतालमा ७८ बर्षको उमेरमा निधन भएको हो । स्व.आनन्द कुमारले लामो समयदेखि विविध स्वास्थ्य समस्या भोगिरहेका थिए ।
शनिबार दिउँसो पशुपति आर्यघाटमा दिलिपको पिताको अन्तिम दाहसंस्कार गरियो । त्यहाँ थुप्रै कलाकर्मी उपस्थित थिए । दीलिप भने मेरो डान्स युनिभर्सको अडिसनको शिलशिलामा अमेरिका हुँदै जापान, थाइल्याण्ड र भारत पुगेका थिए ।
अन्तिम समयमा नेपाल आएर उनले पितालाई भने भेट्न पाए । अहिले उनी पारिवारिस सदस्यसँग किर्तिपुरमा पिताका किरिया कर्ममा छन् ।
