‘फेरि रेशम फिलिली’ बारे के भन्छिन् सुन्दरी सुपुष्पा ? ‘फेरि रेशम फिलिली’ बारे के भन्छिन् सुन्दरी सुपुष्पा ?

अडिसनबाट छनोट हुँदै ‘रणवीर’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट आफ्नो आगामी रिलिज ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि सिल्भर स्क्रिनमा फर्किंदैछिन्।


सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो सिनेमा उनको होम प्रोडक्सन हो । फिल्मका निर्माता उनका पति रौनक विक्रम कँडेल हुन्। सिनेमा रिलिजका लागि केही दिनहरू मात्र बाँकी छन्। रिलिज मिति नजिकिँदै गर्दा सिनेमाका बारेमा गफिँदा सुपुष्पामा सिनेमा र सिनेमामा आफूले गरेको कामप्रति ‘फिङ्गर क्रस’ भाव देखिन्थ्यो । फिल्म बारे के सुपुष्पाको भनाई के छ त ?
’त्यो र योमा तुलना नै गर्न मिल्दैन् । दुवै पात्र एक–अर्कासँग बिल्कुलै फरक छन्।’ सुपुष्पाका अनुसार उनले निर्वाह गरेको पात्र बोल्ड छ, जो आफूले चाहेको कुरामात्र सोच्छ र आफूलाई ‘मैं हूँ’ ठान्छ।

’मैले निर्वाह गरेको चरित्रलाई मैले सक्ने मेहनत गरेको छु। त्यो कति फलदायी भयो भन्नेचाहिँ दर्शकबाट बुझ्न बाँकी छ।’ योसँगै फेरि उनलाई पात्रका लागि चाहिनेजति तयारी नपुगेको हो कि भन्ने पनि छ। यसैबीच अर्को सिनेमालाई पनि समय दिएकाले आफ्नो मेहनत नपुगेको हो कि भन्ने उनलाई लागेको हो।

मेहनत नपुगेको जस्तो लागेकी उनी भन्छिन् – ’अझ मेहनत गर्न सक्थे जस्तोचाहिँ लागेको छ ।’ फिल्म गर्दा सुपुष्पाको एउटै चाहना हुन्छ – सिनेमाको स्क्रिप्ट राम्रो होस्, राम्रो परिदृश्य दिइयोस् ।

संयोगवश ’फेरि रेशम फिलिली’ त्यस्तै सिनेमा भइदियो उनका लागि। स्क्रिप्ट त राम्रो छ नै, यो सिनेमाको साथमा उनको भूमिकासमेत उत्तिकै राम्रो मिलेको छ। ’मलाई सिनेमाको कुरा आउँदा स्क्रिप्ट राम्रो होस् भन्ने सधैँ लाग्छ। यो सिनेमामा चाहिँ स्क्रिप्टसँगै मेरो भूमिका पनि उत्तिकै राम्रो भएको आयो“, उनले खुशी व्यक्त गरिन्।

उनले गरेको पात्र ’च्यालेन्जिङ’ भएको उनको भनाइ छ। त्यही च्यालेन्जिङ भएकैले उनलाई दर्शकले यसलाई कुन रूपमा ललान् भन्ने चिन्ता भइरहेको छ । ’चिन्ता पनि छ अनि राम्रो हुन्छ भन्ने पनि छ। एक प्रकारले राम्रो आशा र के होला भन्ने नर्भसनेस भइरहेको छ,’ उनले भनिन् ।

आफ्नो फिल्मलाई तत्कालै कति रेटिङ दिनुहुन्छ भन्ने प्रश्नको उत्तर दिन अस्वीकार गरेकी उनले कुराकानीको अन्तिममा भने सिनेमाप्रति आत्मविश्वास पनि व्यक्त गरिन् र भनिन् – ’जस्तो गरी लेखिएको थियो, त्यसै गरी पर्दामा उत्रिएको छ।’

फिल्म फागुन १४ गते शिवरात्रिका दिन रिलिज हुँदैछ । फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

सिनेमा आट्र्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti