प्रियंका र आयंकाले मर्काए कम्मर (बालापनको उमेर २) प्रियंका र आयंकाले मर्काए कम्मर (बालापनको उमेर २)

अभिनेत्री प्रियंका कार्कीकी छोरी आयंका कार्कीले म्युजिक भिडियोमा अभिनय गरेकी छन् । बालापनको उमेर २ गीतको भिडियोमा प्रियंका र आयंकाले कम्मर मर्काएका हुन्।

साथमा आन्भी ओली पनि फिचर्ड छिन् । आन्भी गायक तथा निर्माता सरोज ओलीकी छोरी हुन् । मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेती र सुनिल भण्डारीले खिचेका छन् । भिडियोमा भुपेन्द्र अधिकारी र मनोज कार्कीको सम्पादन रहेको छ ।

नाईं नभन्नू ल ५ मा समावेश बालापनको उमेर गीतलाई गायिका समिक्षा अधिकारीले स्वर दिएकी छन् । यो गीतको भिडियोलाई युटुवमा १७ मिलियन बढी भ्युज छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti