भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा नेपाली सेलिव्रेटी पनि पुगेका छन् । अभिनेत्रीहरु झरना थापा, नीता ढुंगाना र पूजा शर्माले संगममा स्नान गर्दै डुबुल्की मारेको तस्वीर आफ्ना समाजिक सञ्जालमा सेयर गरेका छन् ।
झरना श्रीमान सुनिल कुमार थापा र साथीहरुसँग महाकुम्भमा पुगेकी हुन् । महाकुम्भ पुर्व अन्य स्थलका तिर्थ यात्रा समेत गरेकी झरना ‘ए मेरो हजुर ५’ निर्देशन गर्दैछिन् ।
यस्तै अभिनेत्री नीता ढुंगाना श्रीमान हरिहर अधिकारीसँग महाकुम्भ मेलामा पुगेकी थिइन् भने अभिनेत्री पूजा शर्मा प्रेमी युद्ध बानियाँसँग पुगेर फर्किइन् । नीताले ‘हर्स्व दिर्घ’को सफलता मनाइरहंदा पूजा भने नयाँ फिल्मको तयारीमा रहेको बुझिन्छ ।