हेर्नुस् ‘एक्लो’की “एस्ट्रोनट पुन” दियाको लुक्स हेर्नुस् ‘एक्लो’की “एस्ट्रोनट पुन” दियाको लुक्स

नेपाली फिचर फिल्म ‘एक्लो’की अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको हो।

पोस्टर सार्वजनिक गर्दै निर्देशक प्रदीप शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, “आज हामी गर्वका साथ हाम्रो आफ्नै दिया पुनलाई प्रस्तुत गर्दैछौं — एक प्रतिभाशाली अभिनेत्री, जसमा अद्भुत साहस पनि छ। उहाँले सगरमाथा समेत आरोहण गर्नुभएको छ। यो आमाको दिनको अवसरमा, फिल्ममा उहाँले निर्वाह गरेको समर्पित र मायालु आमाको भूमिकालाई सम्मान गर्ने उपयुक्त अवसर हो। सम्पूर्ण आमाहरूलाई सुखद आमाको दिनको शुभकामना। आउनुहोस्, आज मात्र होइन, जीवनभर आमाहरूलाई प्रेम, माया र सम्मान गरौं।”

साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मको पोस्टरमा दिया पुनको नाम “एस्ट्रोनट पुन” उल्लेख गरिएको छ।
फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेस्रो निर्देशकीय फिल्म हो। लामो समयदेखि बेलायत बस्दै आएका शाही ‘एक्लो’ लाई हलिउड स्तरको फिल्म बनाउने तयारीमा छन्। हाल फिल्मको लन्डनमा पोस्ट-प्रोडक्सनको काम भइरहेको छ।
केही दिन अघि निर्देशक शाही कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भएका छन्। शाहीको छनोटसँगै फिल्म ‘एक्लो’ को चर्चा बढेको छ।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह तथा बेलायती अभिनेता जेमी बेकनले अभिनय गरेका छन्।

फिल्म ‘एक्लो’ का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा र नवीन सिवा तथा बागवीर पुन रहेका छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।

बाबु श्रेष्ठको छायांकन रहेको यस फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा र प्रोडक्सन डिजाइनमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ रहेका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti