‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ।

गीतमा महेश काफ्लेको शब्द रचना तथा कम्पोज, र रिकेश गुरुङको एरेञ्ज, मिक्सिङ र मास्टरिङ रहेको छ। गायनमा महेशलाई अस्मिता अधिकारीले साथ दिएकी छन्।

शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन्। भिडियोमा आशिफले गीतमार्फत गरिमाको तारिफ गर्दै फकाउँदै गरेको देख्न सकिन्छ।

सिनेमामा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारको अभिनय रहनेछ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण गरिएको सिनेमा हो। प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको यस सिनेमाका निर्माता सन्तोष गौतम हुन्।

नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई ‘जन्ते बाख्रो’ भनिने गरिन्छ। सिनेमाको कथावस्तु यही परम्पराका वरिपरि आधारित छ।

आगामी जेठ २३ गतेबाट नेपाल तथा विदेशमा एकसाथ रिलिज गरिने सिनेमामा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन तथा रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ।

टिफल्क फिल्म्सले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti