‘लाज शरणम्‌’को टिजर र गीत प्राइभेट ‘लाज शरणम्‌’को टिजर र गीत प्राइभेट

फिल्म ‘लाज शरणम्‌’को प्रचार प्रसारमा रोक लगाउने अदालतको आदेशसँगै निर्माण युनिटले फिल्मको गीत र टिजरलाई प्राइभेट गरिएको छ ।

यस्तैमा चलचित्र निर्देशक समाजले प्रेस विज्ञप्ती जारी गरेर अदालतको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाजले प्रचार सामाग्रीका भरमा चलचित्रमाथि अंकुश लगाउने निवेदकको मनासय अनुरुप आदेश जारी हुँदा चलचित्रको करोडौं लगानी जोखिममा परेको समेत बताएको छ ।

‘लाज शरणम्‌’ लगायत यस्तै प्रकृतिको कानूनी लडाईंमा रहेका अन्य फिल्मको साथमा ऐक्यबद्धता जाहेर पनि समाजले गरेको छ । ‘यसअघि पनि चलचित्र क्षेत्रलाई विभिन्न रुपमा आक्रमण गर्ने, चलचित्र क्षेत्रलाई नै नकारात्मक प्रभाव पार्ने गतिविधिको पनि घोर भत्र्सना गर्दै भविष्यमा आउन सक्ने सम्भावित चुनौतिलाई मध्यनजर गरि परिपक्वताको साथ काम गर्न पनि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।’

पाटन उच्च अदालतले मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाई गर्दै फिल्म ‘लाज शरणम्‌’को प्रचार प्रसार नगर्न र नगराउन अन्तरिम आदेश दिएको थियो ।

पाटन उच्च अदालतले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम’को प्रचारप्रसार सामाजिक संजाल र संचारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको हो । पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ गर्दै मंगलबार न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै आलमले रिट दायर गरेका थिए । चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै आलमले रिट दायर गरेका थिए ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti