‘महावीर’ फिल्ममा आशिर्वाद क्षेत्री र आना शर्माको जोडी कसिने भएको छ ।
फिल्म चैत २४ गते निर्माण हुने घोषणा गरिएको भएपनि कास्ट एण्ड क्रुको बारेमा विस्तृत जानकारी सार्वजनिक गरिएको थिएन ।
जिबी आग्रीको निर्देशनमा नेपाली, हिन्दी तथा अंग्रेजी भाषामा निर्माण हुने बताइएको फिल्मलाई जिबी आग्रीले निर्देशन गर्ने बताइएको छ ।
वरिष्ठ संगीतकार सुरेश अधिकारी कार्यकारी निर्माता रहेको फिल्म असार २६ बाट फ्लोरमा जाने बताइएको छ ।
निर्माणपक्षले औपचारिकरुपमा फिल्ममा अभिनय गर्ने कलाकारबारेमा सार्वजनिक नगरेपनि विकास बोर्डमा अभिनेत्री निरुता सिंह र अभिनेता आशिर्वाद क्षेत्रीको नाम राखेर दर्ता गरिएको छ ।
आनाले समेत यो फिल्म गर्ने तय भइसकेको श्रोतको दाबी छ ।
दर्ता अनुसार भएपनि ६ वर्षपछि निरुताको यो पहिलो फिल्म हुनेछ । उनको पछिल्लो फिल्म ‘दाल भात तरकारी’ हो ।