‘मिस नेपाल इन्टरनेशनल २०१७’ तथा अभिनेत्री नीति शाहले विवाह गरेकी छन्।
काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर शाहले शुक्रबार यचित शमशेर जबरासँग कानूनी विवाह (कोर्ट म्यारिज) गरेकी हुन् ।
बितेका २ वर्षदेखि नीति र यचित प्रेम सम्बन्धमा रहेको बताइन्छ । यचित एरोस्पेस इन्जिनियर हुन् ।
न्यायाधीश दिनबन्धु बरालको इजलासमा नीतिले विवाह गरेकी हुन् ।
नीति अभिनित ‘नरसिंहा अवतार’ आउँदो जेठ ९ गते रिलिज हुँदेछ ।