पिताम्बर टिम दर्शक भेट्न मोफसलका शहरहरुमा पिताम्बर टिम दर्शक भेट्न मोफसलका शहरहरुमा

गत वर्षको शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र पिताम्बर यतिबेला देशभरिका हलहरूमा भव्य रूपमा प्रदर्शन भइरहेकाे छ।

प्रदर्शनको ओपनिङदेखि नै उत्साहजनक व्यापार गरेको यो चलचित्रले आजसम्म पनि देशभरका हलहरूमा राम्रो व्यापार गरिरहेको छ।

चलचित्रको दह्रो प्रचार शैली, स्टारहरूको बलियो उपस्थिति र दर्शकको सकारात्मक प्रतिक्रियाले पिताम्बर ले नयाँ वर्ष २०८२ को सुरुवातमै नेपाली चलचित्र बजारलाई सक्रिय बनाएको छ। यसै क्रममा राजधानीपछि दर्शकको प्रतिक्रिया लिन चलचित्रको टिम मोफसल यात्रामा निस्किएको छ। हिजो धनगढीबाट सुरु भएको यस यात्राअन्तर्गत आज चलचित्रको टिम नेपालगञ्ज आइपुगेको हो।

टिमले आज नेपालगञ्जस्थित सिनेमाघरहरू—सिनेरोयल र क्युएफएक्स सिनेमाज बागेश्वरीमा दर्शकसँग चलचित्र हेर्ने र अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको छ। चलचित्रको टिममा अभिनेता प्रदीप खड्का, अनुप विक्रम शाही, दिव्यदेव पन्त, निर्देशक क्रीशा चौलागाईं, निर्माता विशाल चौलागाईं, मिडिया कोअर्डिनेटर कुमार आचार्य लगायतको उपस्थिति रहनेछ।

केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्स को ब्यानरमा निर्माण भएको यस चलचित्रमा प्रदीप, सौगात, आर्यन सिग्देल, अनुप विक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

 

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti