जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म नरसिंहाः अवतार ले “अच्छा लेकिन लण्डनको चिसोले समाउला” गीत सार्वजनिक भएको छ ।
यो गीत फिल्म दैव संयोग मा समावेश गरिएको सोही नामको गीतको रिक्रिएट भर्सन हो।
बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो ।
गीतको मौलिक संस्करणमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वर थियो। रिक्रिएटेड संस्करणमा शम्भुजित बास्कोटा र गायिका रचना रिमालको स्वर सुन्न पाइन्छ। गीतमा शब्द र संगीत दुवै शम्भुजितकै छन्।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन् भने साहिल खानले सम्पादन गरेका छन्।
गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू—राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी, साथै बाल कलाकार एभेलिना खड्का र समाइरा थापाले नृत्य प्रस्तुत गरेका छन्। कविराजले भिडियोलाई आकर्षक रूपमा कोरियोग्राफ गरेका छन्, जसमा सबै कलाकारहरूको नृत्य उत्कृष्ट देखिन्छ।
फिल्ममा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिव जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
चन्द्र पन्तको कथामा आधारित फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको VFX, र साहिल खान तथा मिलन श्रेष्ठको सम्पादन छ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको यो फिल्म क्रियटिभ सिने आर्ट्स को प्रस्तुति हो, जसमा नेम महर्जनको मुख्य लगानी छ। साथै, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको पनि सह-लगानी रहेको छ।
नायक राजेश हमालको आठ वर्षपछि पर्दामा फर्किएको यो फिल्मप्रति दर्शकहरूमा विशेष उत्साह देखिएको छ। सार्वजनिक गरिएको गीतले फिल्मको हाइप अझै बढाउने विश्वास गरिएको छ।