‘द महावीर’ कास्टिङ कल, खोज्दैछ यस्ता कलाकार ‘द महावीर’ कास्टिङ कल, खोज्दैछ यस्ता कलाकार

फिल्म ‘द महावीर’ले कलाकारका लागि कास्टिङ कल गरेको छ । नयाँ फेस चाहिएको भन्दै निर्माण टिमले कास्टिङ कल गरेको हो।

फिल्ममा हेरचाह गर्ने भूमिकाका लागि जनजाति फेसकी ३० देखि ४० वर्ष उमेर समूहकी महिला, हल्का कालो छाला भएकी राम्री र राम्रो नृत्य गर्न सक्ने २० देखि २५ वर्ष उमेरकी कलाकारका लागि निर्माण टिमले अडिसन आह्वान गरेको छ।

हल्का कालो छाला भएको मिक्स जनजाति फेस देखिने १० देखि १२ वर्ष उमेरको पुरुष कलाकार, ६ फिट अग्लो आर्य फेस भएको ३५ देखि ४० वर्ष उमेरको (एथलेटिक) पुरुषका लागि पनि माग गरिएको छ।

४० देखि ५० वर्ष उमेर समूहकी फ्याट एन्ड लेजी लुक्स भएकी जनजाति महिलाका लागि पनि कास्टिङ कल गरिएको छ। २५ देखि ३० वर्ष उमेर समूहको फिट बडी भएको जनजाति लुक्सको पुरुष पात्र पनि खोजिएको निर्माणपक्षले जनाएको छ।

६ फिट अग्लो, फिट एन्ड फाइन देखिने २५ देखि ३० वर्ष उमेरका (एथलेटिक) आर्य फेस, बोल्ड एन्ड कमान्डिङ ६० देखि ६५ वर्ष उमेरका जनजाति पुरुष, र ५० देखि ६० वर्ष उमेरका अग्लो, स्वस्थ जनजाति फेसका लागि कास्टिङ कल गरिएको छ।

गोरो छाला भएको, दृष्ट र धूर्त देखिने ५० देखि ६० वर्ष उमेरका आर्य फेस भएका पुरुष कलाकार र स्मार्ट लुकिङ आर्य फेस भएको ७ देखि १० वर्ष उमेरका बाल कलाकार पनि आवश्यक छन्।

अनुभवी र नयाँ सबै कलाकारलाई अवसर दिइने जनाइएको छ। राम्रो अभिनय गर्ने व्यक्तिलाई प्राथमिकता दिइनेछ।

पहिलो चरणमा एक मिनेटको भिडियो पठाउनु पर्नेछ। वैशाख १ देखि ३ गतेसम्म भिडियो बुझाइसक्नुपर्नेछ।
दोस्रो चरणमा डिजिटल अडिसनबाट छानिएका व्यक्तिहरूलाई फिजिकल अडिसनका लागि फोनमार्फत बोलाइने

‘द महावीर’को थिम पोस्टर सार्वजनिक भइसकेको छ। जिबी आग्री निर्देशित यस फिल्मको कथावस्तु खुलेर नबताइए पनि रेड एन्ड डार्क पोस्टरबाट युद्धको पृष्ठभूमिमा आधारित भएको अनुमान गर्न सकिन्छ।
पोस्टरमा दुई बलिष्ट घोडा दौडिरहेका छन् र दुई व्यक्ति आमनेसामने छन्। बीचमा रातो कपडाले बेरिएको ठूलो तरवार उठाउने तयारीमा कसैले हात लगाइरहेको दृश्यले युद्धको संकेत गर्छ।

फिल्मको स्लोगन ‘Rize. Fight. Conquer.’ रहेको छ, जसले उठ, लड र जित भन्ने भाव दर्शाउँछ।

फिल्मको कथा कृष्ण बिके र जिबी आग्रीले लेखेका हुन्।
लक्षरा फिल्म्सको प्रस्तुति रहने फिल्ममा कृष्ण बिके, बिआर रेड्डी र सन्तोष लुहार निर्माताका रूपमा छन्। सह-निर्मातामा रम्भा देवी र लक्ष्मण बिके रहेका छन्।
कार्यकारी निर्माता वरिष्ठ संगीतकार सुरेश अधिकारी हुन् भने छायाँकार (DOP) सरण रिसी छन्।

यो फिल्म नेपाली र हिन्दी भाषामा निर्माण हुनेछ र यसमा डल्बी एटमस साउन्ड प्रयोग हुनेछ।
फिल्मको रिलिज मिति भने अझै घोषणा गरिएको छैन।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti