‘नरसिंहाः अवतार’को लागि सुपर हिट गीत ‘अच्छा लिकिन’को रिमेक ‘नरसिंहाः अवतार’को लागि सुपर हिट गीत ‘अच्छा लिकिन’को रिमेक

काठमाडौं – आगामी चैत्र २९ गते रिलिज हुन लागेको नेपाली चलचित्र ‘नरसिंहाः अवतार’मा चर्चित गीत ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ को रिमेक समावेश गरिने भएको छ । हालै मात्र यसको नयाँ भर्सन तयार पारी छायाङ्कन समेत गरिएको छ ।

नयाँ भर्सनमा सङ्गीतकार तथा गायक शम्भुजित बास्कोटाले नै पुरुष आवाज दिएका छन् भने महिला आवाज भने रचना रिमालको रेकर्ड गरिएको छ । सन् २००१ मा रिलिज भएको नेपाली चलचित्र ‘दैव सन्जोग’मा रहेको पुरानो गीतमा बास्कोटा र गायिका देवीका वन्दनाको स्वर थियो ।

हिमालको पृष्ठभूमिमा जरसिंहपौवामा सेट लगाएर चार दिन लगाएर यस गीतको भिडियो छायाङ्कन गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । भिडियोमा चलचित्रका मुख्य कलाकारहरू राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी र सनिषा भट्टराईले नृत्य प्रस्तुत गरे । 

नायक राजेश हमालले यो गीतले आफूलाई विगतमा फर्काएको बताउँदै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । भिडियोमा हमाल र कटुवाललाई कर्नेलको भूमिकामा देख्न सकिन्छ । नायक कटुवालले हमालसँग नाच्दा सुरुमा डर लागे पनि पछि सहज भएको बताए ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti