पूजा शर्माले दिइन् कानुनी कारवाहीको चेतावनी, यस्तो छ कारण पूजा शर्माले दिइन् कानुनी कारवाहीको चेतावनी, यस्तो छ कारण

अभिनेत्री तथा फिल्म निर्मात्री पूजा शर्माले आफ्नो पछिल्लो फिल्म ‘रावायण’को लगानीबारेमा आफू स्वयंले पीडित महशुस गरिरहेको बताएकी छन् ।

साथै शर्माले फेसबुकमा स्टाटस लेख्दै विवादमाआफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको लेखेकी छन् ।

फेसबुक पोस्टमा उनले लगानी गर्ने प्रतिबद्धतापछि सुशान पाठकलाई कार्यकारी निर्माता बनाइएको तर उनले फि्ममा कुनै आर्थिक योगदान नदिएको लेखेकी छन् ।

पाठकले वैदेशिक अध्ययनका लागि माल्टा पठाइदिने भन्दै केही विद्यार्थीहरुसँग रकम उठाइ सो रकम फिल्ममा लगानी गरेको र फिल्म डुबेपछि लगानी डुबेका कारण सम्पर्कविहिन बनेको चर्चा छ ।

पूजाले पाठकले आफूलाई समेत लगातार टारिरहेको पोस्टमा लेखेकि छन्। उनले सम्बन्धित निकायले यसबारे अनुसन्धान गरि दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेकी छन् ।

पूजाले पाठकको दायित्वमा पर्ने प्राविधिकहरुको पारिश्रमिकसमेत उनले चेक मार्फत प्रदान गरेको बाँकी भुक्तानीसमेत उसैको भएको भएतापनी आफूलाई अनाहकमा मुछिएको बताएकी छन् ।

‘चलचित्र निर्माणमा संलग्न प्राविधिक (technicians) र अन्य टिम सदस्यहरूलाई तिर्नुपर्ने रकमसम्बन्धी विषयमा पनि म पूर्ण रूपले स्पष्ट छु—उक्त जिम्मेवारी पूर्ण रूपमा सुषान पाठकमाथि नै पर्छ, किनभने उहाँले नै प्राविधिकहरूलाई चेक प्रदान गरेका थिए। यसकारण, मिडिया, पत्रकार मित्रहरू र आम जनसमुदायलाई आग्रह गर्दछु कि यस्ता गम्भीर विषयहरूमा प्रमाणबिना कुनै समाचार प्रकाशित नगर्नुहोस्’, फेसबुकमा उनले लेखेकी छन् , ‘तथ्यहीन र झूटा समाचारहरूले मेरो व्यक्तिगत तथा व्यवसायिक प्रतिष्ठामा गम्भीर असर परेको छ। यदि यस्ता बिना प्रमाणका झूटा समाचारहरू पुनः प्रकाशित वा प्रसारण गरिएमा, म आफूलाई कानुनी कारवाहीको बाटो अपनाउन बाध्य हुनेछु।’

पूजाले लेखेको फेसबुक स्टाटस यस्तो छ :

हालका दिनहरूमा मिडिया तथा सामाजिक सञ्जालमा विदेश अध्ययनको नाममा उठाइएको रकम सम्बन्धी केही भ्रमपूर्ण समाचारहरू सार्वजनिक भइरहेका छन्। यस सन्दर्भमा म स्पष्ट रूपमा भन्न चाहन्छु कि मेरो सो विषयसँग कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता छैन। विद्यार्थीहरूबाट उठाइएको रकमको प्रमुख दोषी सुषान पाठक हुन्, जो हाल फरार अवस्थामा छन् र मलाईसमेत लगातार टारिरहेका छन्। म यस घटनाबाट स्वयं पीडित भएको महसुस गर्दैछु र सम्बन्धित निकायहरूले यथाशीघ्र अनुसन्धान गरि दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दछु। चलचित्र “Rawayan” सन्दर्भमा केही भ्रमहरू फैलाइएको पाइन्छ। यसबारे पनि म स्पष्ट पार्न चाहन्छु कि सुषान पाठकलाई सो चलचित्रको कार्यकारी निर्माता (Executive Producer) को हैसियत दिनुको कारण उनले सुरुमा चलचित्रमा लगानी गर्ने सहमति जनाएका थिए। तर, अहिलेसम्म उनले कुनै पनि आर्थिक योगदान गरेका छैनन्। त्यसैगरी, चलचित्र निर्माणमा संलग्न प्राविधिक (technicians) र अन्य टिम सदस्यहरूलाई तिर्नुपर्ने रकमसम्बन्धी विषयमा पनि म पूर्ण रूपले स्पष्ट छु—उक्त जिम्मेवारी पूर्ण रूपमा सुषान पाठकमाथि नै पर्छ, किनभने उहाँले नै प्राविधिकहरूलाई चेक प्रदान गरेका थिए। यसकारण, मिडिया, पत्रकार मित्रहरू र आम जनसमुदायलाई आग्रह गर्दछु कि यस्ता गम्भीर विषयहरूमा प्रमाणबिना कुनै समाचार प्रकाशित नगर्नुहोस्। तथ्यहीन र झूटा समाचारहरूले मेरो व्यक्तिगत तथा व्यवसायिक प्रतिष्ठामा गम्भीर असर परेको छ। यदि यस्ता बिना प्रमाणका झूटा समाचारहरू पुनः प्रकाशित वा प्रसारण गरिएमा, म आफूलाई कानुनी कारवाहीको बाटो अपनाउन बाध्य हुनेछु।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti