फाल्गुनन्द लिङ्देन फिल्म्स प्रा.लि. ले फिल्म ‘मातृभूमि’ निर्माण गर्ने भएको छ।
फिल्मकी निर्मातामा कविता राई लिङ्देन रहेकी छन्।
दिनेश लिङ्देन को लेखन तथा निर्देशन रहने फिल्ममा सन्जीब थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङ्देन, सुमन थाम्सुहाङ, केशवराम राई, साङ्मु शेर्पा, रोहित रुम्बा, नरेशकुमार मेन्याङबो, चुङलामु शेर्पा, कुमबहादुर घर्ति, निस्मा जिमी, सुर्य सिम्खडा र शम्भु फोम्बो को अभिनय रहनेछ।
निर्देशक लिङ्देनका अनुसार फिल्मको कथा नेपालका विविध जातजाति, संस्कार र संस्कृतिमा आधारित हुनेछ। फिल्मको छायांकन काठमाडौं, नेपालको पूर्वी जिल्लाहरू तथा केही भाग अमेरिकामा हुने जानकारी दिएका छन्।
नरेशकुमार मेन्याङबो प्रस्तुतकर्ता रहेको फिल्ममा भीमबहादुर मगर कार्यकारी निर्माता र वसन्त थेबे सह-निर्माताको रूपमा संलग्न छन्।
फिल्ममा पुन्य ओझा र बाबु तामाङ को द्वन्द्व निर्देशन, जनक कार्की को नृत्य निर्देशन, सम्राट कार्की को छायांकन, दीपक तामाङ को मुख्य सहायक निर्देशन तथा छेदा शेर्पा को प्राविधिक निर्देशन रहनेछ।
फिल्मको निर्माण व्यवस्थापन दावा रिन्जिङ शेर्पा ले र अन्तर्राष्ट्रिय व्यवस्थापन नवराज केसी ले सम्हाल्नेछन्।