जितु नेपाल अब ‘कार्की साइँला’ जितु नेपाल अब ‘कार्की साइँला’

निर्माणधिन सिनेमा ‘कार्की साइँला’मा जितु नेपाल अनुबन्धित भएका छन ।

कर्ण बहादुर फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुने यो सिनेमामा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । सिनेमाका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।

बालकुमार राई र श्याम मगर निर्माता रहेको सिनेमाले ग्रामीण जीवनको कथा भन्नेछ । भुइँ मान्छेको कथालाई सिनेमामा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिएका छन् । सिनेमाको पात्र एक भरिया हुन् ।

सिनेमामा डम्बर बहादुर राइको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवननाथ गौतमको गीत समावेश छ ।

धनकुटामा छायांकन हुने यो सिनेमाका लागि अन्य कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माणपक्षले बताएका छन् । 

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti