‘होस्टल ३’बाट नेपाली रजतपटमा डेब्यू गरेका रिहान गिरीले नयाँ फिल्ममा हट एण्ड बोल्ड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स गर्ने भएका छन् ।
गिरीले अनिल संग्रौलाको निर्देशन रहने ‘अवतार’ फिल्ममा शाहसँग रोमान्स गर्ने भएका हुन् । प्राप्त जानकारी अनुसार फिल्मको हाल वर्कसप चलिरहेको छ ।
फिल्म वैशाखबाट फ्लोरमा जाने बताइएको छ ।
शाहसँग रोमान्स गर्न लागेका गिरी नेपाली मूलका भुटानी हुनुकासाथै ‘भ्वाइस अफ नेपाल’को चौथो सिजका प्रतिष्पर्धीसमेत हुन् ।
फिल्मको हाल वर्कसप चलिरहेको छ ।
वैशाखबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्मको अन्य कास्ट र क्रुका बारेमा निर्माणपक्षले केही समयपछि जानकारी दिनेछ ।
साम्राज्ञीले अभिनेता धिरज मगरसँग जोडी बाँध्दै ‘रुमानी रंग’मा काम गर्ने औपचारिक घोषणा भएको थियो तर फिल्म फ्लोरमा जानै सकेन ।
‘अवतार’बाट साम्राज्ञीले सफलता चाख्ने अपेक्षा राखिएको छ । उनको पछिल्लो रिलिज ‘लन्डन टु पेरिस’ हो ।