हाल नेपाली हलहरुमा चलिरहेको ‘वसन्त’ फिल्मको नयाँ गीत सार्वजनिक भएको छ ।
फिल्मले ‘मोटर’ बोलको गीतको लिरिकल भिडिओ युट्युबमा रिलिज गरेको हो ।
सार्वजनिक गीतमा प्रकाश सपुतको स्वर छ । गीतको भिडियोमा प्रकाश सपुत र खड्ग बहादुर पुन फिचर्ड छन्।
फिल्ममा प्रकाशका अलावा स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभातपाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे लगायत कलाकारहरूको अभिनय छ।
फिल्मले हाल दर्शकहरुबाट सुखद् प्रतिक्रिया बटुलिरहेको छ ।