२०८१ सालको अन्त्यसँगै सार्वजनिक हुनथालेको नेपाली वक्सअफिस कारोबार अनुसार यस वर्षको सर्वकालिन हिट फिल्म ‘पूर्ण बहादुरको सांरगी’को कमाइ नेपालमा सर्वाधिक विदेशी फिल्मभन्दा झण्डै दोब्बरको करिब रहेको देखाएको छ ।
यस वर्ष सबैभन्दा बढि ग्रस व्यापार अल्लु अर्जुनको ‘पुष्पा : द रुल’ले गरेको छ । चलचित्र विकास बोर्डको वक्सअफिस रिपोर्ट अनुसार अल्लुको यो फिल्मले कुल २६ करोड ४४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । जबकी सो तथ्यांक अनुसार सर्वकालिन हिट ‘पूर्णबहादुरको सांरगी’ले ४६ करोड ८० लाख रुपैयाँ ग्रस कमाइ गर्न सफल भएको छ ।
यो वर्ष नेपाली वक्सअफिसमा ८३ वटा विदेशी र ६४ को संख्यामा नेपाली फिल्म रिलिज भए ।
‘पूर्णबहादुरको सांरगी’ले देखाइदिएको नेपाली वक्सअफिसको गुलजार भविष्यका कारण पछिल्लो समय नेपाली फिल्मको निर्माणमा उल्लेख्य वृद्धि भएको छ । यो रफ्तार हेर्दा आगामी वर्ष हरेक शुक्रबार कम्तिमा दुई नेपाली फिल्म रिलिज हुनेछन् । फिलमहरुको यो संख्याले कस्तो वक्सअफिस नतिजा देलान त्यो दर्शनीय हुनेछ जसको चर्चा हामी पछि गर्नेछौं ।
यस वर्ष सर्वाधिक कमाइ गरेका नेपाली र विदेशी फिल्मको सूचि भने यस्तो छ ।
सर्वाधिक कमाइ गरेका १० नेपाली फिल्म
१) पूर्णबहादुरको सारंगी- ४६ करोड ८० लाख रुपैयाँ ग्रस
२) १२ गाउँ- १९ करोड ९२ लाख रुपैयाँ ग्रस
३) छक्कापञ्जा ५- १५ करोड २० लाख ग्रस
४) बोक्सीको घर- १० करोड २ लाख ग्रस
५) अञ्जिला- ७ करोड ५० लाख रुपैयाँ ग्रस
६) पूजार सार्की- ७ करोड ३७ लाख रुपैयाँ ग्रस
७) घरज्वाइँ- ५ करोड ९ लाख रुपैयाँ ग्रस
८) फर्की फर्की- ४ करोड ८४ लाख रुपैयाँ ग्रस
९) मनसरा- ४ करोड ७८ लाख रुपैयाँ ग्रस
१०) लाज शरणम्- ४ करोड ३४ लाख रुपैयाँ ग्रस
सर्वाधिक कमाइ गरेका १० विदेशी फिल्म –
१) पुष्पा २- २६ करोड ४४ लाख रुपैयाँ ग्रस
२) कल्की २८९८ एडी- १२ करोड ५७ लाख नेरु ग्रस
३) स्त्री २- ८ करोड ११ लाख नेरु ग्रस
४) सिंघम अगेन- ४ करोड ९४ लाख नेरु ग्रस
५) भुलभुलैया ३- ४ करोड ७२ लाख नेरु ग्रस
६) सिकन्दर- २ करोड ९० लाख नेरु ग्रस
७) डेडपुल एण्ड वुल्भरिन- २ करोड ७१ लाख नेरु ग्रस
८) छावा- २ करोड २० लाख नेरु ग्रस
९) द ग्रेटेस्ट अफ अल टाइम (गोट)- २ करोड २ लाख नेरु ग्रस
१०) देवारा पार्ट वन- १ करोड ९७ लाख नेरु ग्रस