युट्युबको एक नम्बरमा ट्रेन्डिङमा ‘पिताम्बर’को ट्रेलर युट्युबको एक नम्बरमा ट्रेन्डिङमा ‘पिताम्बर’को ट्रेलर

यही शुक्रबारबाट रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबको मुभी सेक्सनमा एक नम्बरमा ट्रेन्डिङमा परेको छ। गत मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरलाई हालसम्म २० लाखभन्दा बढी भ्यूज प्राप्त भइसकेको छ, र यो अझै बढ्ने क्रममा छ।

केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्देशन कृषा चौलागाईंले गरेकी हुन्।

फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय रहेको छ।

बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन्।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माता छन्। सुमन गौतम कार्यकारी निर्माता हुन्। प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, र हिमाल केसीको द्वन्द्व रहेको छ। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti