यस्तो बन्यो ‘कर्मा’का लागि दुर्गेशले बनाएको शीर्षक गीत यस्तो बन्यो ‘कर्मा’का लागि दुर्गेशले बनाएको शीर्षक गीत

फिल्म ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ। ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ।

गीतमा शब्द र संगीत पनि दुर्गेश स्वयंको छ। असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवहार हुने सत्यलाई उजागर गरेको छ।

गीतमा एरेन्ज पनि दुर्गेशले नै गरेका छन्। ब्याकग्राउण्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन्। दुर्गेश स्वयंले पनि भिडियोमा राम्रो समय कब्जा गरेका छन्।

ट्रेलरले राम्रो हाइप बनाइरहेको अवस्थामा दुर्गेशको गीतले यसलाई थप हाइप दिने अपेक्षा निर्माण पक्षको छ।

यसैबीच, ‘कर्मा’को ट्रेलर नेपालसहित कतार, कोरिया र जापानमा पनि युट्युब ट्रेन्डिङमा परेको हो।

विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन्।

‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ।

नयाँ वर्ष २०८२ को छेको पारेर फिल्म ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ। नेपाल र विदेशमा यो फिल्म एकसाथ प्रदर्शन हुनेछ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ।

यो फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti