नेपाली र हिन्दीमा एकसाथ ‘द महावीर’ बनाउने घोषणा नेपाली र हिन्दीमा एकसाथ ‘द महावीर’ बनाउने घोषणा

फिल्म ‘द महावीर’ निर्माणको घोषणा गरिएको छ।

निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो।

जिबी आग्रीले निर्देशन गर्ने फिल्मको कथावस्तु के हो, निर्माणपक्षले प्रष्ट खुलाएको छैन। थिम पोस्टर भने रातो र अँध्यारो रंगको रहेकोले युद्धको पृष्ठभूमिमा कथा रहेको अनुमान लगाउन सकिन्छ।

पोस्टरमा दुईवटा बलिष्ठ घोडा दौडाएर दुई व्यक्ति आमने-सामने भएका छन्। बीचमा ठूलो तरवार रातो कपडाले बेरिएको अवस्थामा कसैले उठाउन तयार रहेको देखाइन्छ, यो युद्धको संकेत हो।

फिल्मको स्लोगन ‘राइज, फाइट, कन्क्वेर’ छ। ‘उठ, लड र जित’ भन्ने स्लोगनले दुई पक्षबीचको द्वन्द्वलाई संकेत गरेको छ।

फिल्मको कथा कृष्ण बिके र जिबी आग्रीले लेखेका छन्।

लक्षरा फिल्म्सको प्रस्तुति रहने द महावीर मा कृष्ण बिके, बीआर रेड्डी, सन्तोष लुहार निर्माताको रूपमा रहनेछन्। सह-निर्मातामा रम्भा देवी र लक्ष्मण बिके रहनेछन्।

कार्यकारी निर्मातामा वरिष्ठ संगीतकार सुरेश अधिकारी छन्। निर्देशक अफ फोटोग्राफीमा सरण रिसी छन्।

हिन्दी र नेपाली भाषामा निर्माण हुने फिल्ममा डल्बी एटमसको साउन्ड रहने निर्माणपक्षले जनाएको छ।

फिल्ममा को-को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले जानकारी दिएको छैन। रिलिज डेट पनि घोषणा गरिएको छैन।

निर्देशक जिबी आग्रीले भने, “हामी केही समयपछि कलाकार र रिलिज डेट बारे जानकारी दिनेछौं,” “हाम्रो फिल्मको लाइनअप निकै बलियो र अनपेक्षित हुनेछ।”

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti