‘नरसिंहाः अवतार’को जापान अधिकार बिक्री ‘नरसिंहाः अवतार’को जापान अधिकार बिक्री

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘नरसिंहाः अवतार’ को फर्स्ट लुक सार्वजनिक भएसँगै यसको विदेशमा माग उल्लेख्य रूपमा बढेको छ।

निर्देशक भट्टराईका अनुसार, फर्स्ट लुक सार्वजनिक भएपछि विदेशका थुप्रै स्थानबाट सम्पर्क आइरहेको छ र केही दिनमै अधिकांश देशमा वितरण अधिकार बिक्री भइसक्ने अपेक्षा गरिएको छ।

यसैबीच, फिल्मको जापान प्रदर्शन अधिकार बिक्री भइसकेको छ। जापान अधिकार यूएनए इन्टरटेन्मेन्ट ले खरिद गरेको हो। जापानी दर्शकहरूले फिल्मको विषयवस्तुबारे चासो देखाउन थालेपछि प्रदर्शन अधिकार खरिद गरिएको यूएनएका प्रमुख उज्ज्वल गुरागाईंले बताएका छन्। निर्माण पक्षले जापान अधिकार कति रकममा बिक्री भएको हो भन्ने जानकारी सार्वजनिक गरेको छैन।

नायक राजेश हमालको कमब्याक फिल्म भएकाले पनि यसले उल्लेख्य चर्चा बटुलेको छ। साथै, निर्माण पक्षले सार्वजनिक गरेको ६० फिट लामो पोस्टरपछि यसको प्रचार-प्रसार अझ चुलिएको हो।

फिल्ममा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, र दीपा शाहीलगायतका कलाकारहरूको अभिनय रहेको छ।
दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, र नेम महर्जनले फिल्ममा लगानी गरेका छन्।
फिल्म आउँदो जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti