यही चैत २९ गते रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ ले केन्द्रीय फिल्म जाँच समिति (सेन्सर) बाट ‘पिजी’ सर्टिफिकेट प्राप्त गरेको छ। ‘पिजी’ सर्टिफिकेट पाएसँगै अब यो फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाले बाबु–आमासँगै जानुपर्नेछ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको निर्देशन कृषा चौलागाईंले गरेकी हुन्। फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय रहेको छ।
फिल्ममा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले समेत अभिनय गरेका छन्।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता रहेका छन्। सुमन गौतम कार्यकारी निर्माता हुन्। फिल्मको पटकथा र संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका हुन्।
पुरुषोत्तम प्रधानले छायांकन (DOP) गरेका छन् भने शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, समिर मिया र सत्यम रानाको VFX, आशीष अविरल र बाबुल गिरीको संगीत, र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ।
फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।